Sunday, September 27, 2026
थप

    फतिमालाई माधवकाे जवाफः ‘राष्ट्रहितभन्दा फरक तरिकाले जान सकिँदैन’

    भदै, २४, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र  अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ ।

    भेटमा नेता नेपालले आफूहरू राष्ट्रहितभन्दा फरक तरिकाले जान नसक्ने बताएका छन् । उनले गठबन्धन सरकारमा सहभागी पाँच दलबीच नै छलफल गरेर एमसीसी लागू गर्ने वा नगर्ने भन्नेमा निष्कर्षमा पुग्ने सुमारलाई बताएको भेटवार्तामा सहभागी एकीकृत समाजवादीका नेता गंगालाल तुलाधारले जानकारी दिए ।

    ‘चार वर्षदेखि थाँती रहेको विषय छ यो । अहिले हामी संयुक्त सरकारमा हौँ । हामीसँग मात्र होइन, अरू पार्टीसँग पनि कुरा गर्नुहोस्’, नेपालको भनाइ उद्धृत गर्दै नेता तुलाधरले भने, ‘यो नेपाली जनतासँग जोडिएको बिषय हो । नेपाली जनताको हितमा छ भन्ने कुरा अहिले तपाईंहरू आएका बेला सुनिश्चित हुन पाओस् ।’

    उनका अनुसार भेटवार्तामा आफूहरूले सुमारलाई एमसीसीबारे धेरै प्रश्नहरू गरेको र तीबारेमा उनले स्पष्ट पार्न कोसिस गरेकी थिइन् ।

    उपाध्यक्ष सुमारले एमसीसी नेपाली जनताको हितमा रहेको र कुनै अर्को स्वार्थका लागि नभएको दाबी गरेकी थिइन् ।

    ‘एमसीसी कार्यान्वयन गर्नुहुन्छ, त्यो तपाईंहरूको हितमा छ, गर्नुहुन्न, त्यसले कुनै अहित गर्दैन । हामी दबाब दिनका यहाँ आएका होइनौँ’, उपाध्यक्ष सुमारले नेता नेपाललाई भनिन् ।

    भेटवार्तामा एमसीसी नेपाली जनता र राष्ट्रको हितमा हुनुपर्छ भनेर नेता नेपालले जोड दिएका थिए ।

    ‘एमसीसीबारेमा जे खालका भ्रम उत्पन्न भएका छन्, त्यो हामीबाट मात्र नभएर तपाईंहरूबाट पनि भएको छ । स्वयं अमेरिकी सरकारका जिम्मेवार व्यक्तिले दिएका अभिव्यक्तिबाट एमसीसीबारे भ्रम फैलाइएको छ’, नेता नेपालले सुमारलाई भनेका थिए । उनीहरूबीच नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको थियो ।

    उपाध्यक्ष सुमारले नेता नेपाललाई भेट्नुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी थिइन् ।

    – न्युज कारखाना

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै