Home समाचार मुख्य समाचार पछिल्लो २४ घन्टामै थपिए झन्डै ५ हजार कोरोना संक्रमित, ३५ जनाको मृत्यु

पछिल्लो २४ घन्टामै थपिए झन्डै ५ हजार कोरोना संक्रमित, ३५ जनाको मृत्यु

0
पछिल्लो २४ घन्टामै थपिए झन्डै ५ हजार कोरोना संक्रमित, ३५ जनाको मृत्यु

साउन २६, काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार १ सय २३ जनाको परीक्षणमा ४ हजार ९ सय ४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार १ सय १५ जना निको भएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २० हजार ६ सय ८० पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार १ सय ५० पुगेको छ भने ६ लाख ७३ हजार १ सय ९८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ३२ जना रहेका छन् । जसमध्ये ३३ हजार ९ सय ८५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३ सय ४७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७ सय ६१ जना आईसीयू र १ सय ७६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here