Saturday, May 18, 2024
थप

    पछिल्लो २४ घन्टामा ४ हजार १ सय ७ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

    साउन २०, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४ हजार १ सय ७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय ५४ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ९ सय ७५ जना र ४ हजार ९ सय ४४ जनाको एन्टीजेन परीगक्षण गर्दा १ हजार १ सय ३२ जना गरी ४ हजार १ सय ७ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घन्टामा संक्रमित थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५ हजार ७२ पुगेको छ । तीमध्ये ९ हजार ९ सय ५७ जनाको मृत्यु भएको छ भने ६ लाख ६१ हजार ६ सय ५१ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ४ सय ६४ जना रहेका छन् । जसमध्ये ३० हजार २ सय ७० जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १ सय ९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७ सय १४ जना आईसीयू र १ सय ५६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    १० वर्ष मुनिका ७१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै