Home समाचार मुख्य समाचार कुलमानलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाको निर्देशन, प्राधिकरणमा कुलमानको पुनरागमन होला त !

कुलमानलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाको निर्देशन, प्राधिकरणमा कुलमानको पुनरागमन होला त !

0
कुलमानलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाको निर्देशन, प्राधिकरणमा कुलमानको पुनरागमन होला त !

साउन १९, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जा मन्त्रीलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया अगाडि बढाउन ऊर्जामन्त्री पम्फा भुसाललाई बोलाएर निर्दैशन दिएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको हो । प्रधानमन्त्री देउवाले प्राधिकरणका प्रमुख हितेन्द्रदेव शाक्यसँग राजीनामा माग्न र कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जा मन्त्री भुसालले अहिलेका प्रमुख हितेन्द्रदेव शाक्यको कामप्रति असन्तुष्टि जनाउँदै कुलमान घिसिङलाई नै ल्याउने तयारी थालेका छन् ।

हितेन्द्रदेव शाक्यले दीर्घकालीन र ठूला आयोजनाको काम गर्न नसकेको र पुन लोडसेडिङ गर्ने तर्फ प्राधिकरण लागेको भन्दै तुरुन्त हितेन्द्रदेव शाक्यलाई राजिनामा माग्न प्रधानमन्त्रीले तोकेता गरेका हुन् ।

आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर कुलमान घिसिङ गएको वर्षको भदौमा प्राधिकरणबाट बिदा भएका थिए। कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न दबाब दिँदै जनस्तरबाट चौतर्फी दबाब दिएका थिए तर तात्कालीन केपी शर्मा ओलीले पुनः नियुक्ति नदिँदा कुलमान घिसिङ प्राधिकरणको प्रमुखबाट बिदा भएका थिए ।

घिसिङले चार वर्ष पदमा रहँदा देशलाई लोडशेडिङमुक्त गराउने, घाटामा गएको प्राधिकरणलाई नाफामा ल्याउने, अलपत्र परेका जलविद्युत् आयोजना सम्पन्न गर्ने, प्रसारण लाइन र सब–स्टेशनको निर्माण र मर्मतमा तीव्रता दिने, विद्युतीकरणमा जोड दिने लगायतका काम गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here