साउन ९, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय १४ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय २५ पीसीआर परीक्षणमा २हजार ३ सय ९ र ४ हजार २ सय ८५ एन्टिजेन परीक्षणमा ८ सय ५ जना गरी ३ हजार १ सय १४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ र २ हजार १ सय ९७ जना संक्रमणमुक्त भएका छन् ।