Monday, September 9, 2024
थप

    प्रज्ञालङ्कार र प्रज्ञा पुरस्कार वितरण

    असार ३०, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित पुररस्कार समर्पण समारोहमा उनले नेपाल प्रज्ञालङ्कार, प्रज्ञा पुरस्कार र राष्ट्रिय कविता महोत्सव पुरस्कारद्वारा २१ प्रतिभालाई सम्मानित एवं पुरस्कृत गरिएको हो ।

    राष्ट्रपतिले मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका प्राध्यापक वाङ हङ्वेईलाई कुलपति गङ्गाप्रसाद उप्रेतीमार्फत तीन हजार अमेरिकी डलर राशिसहितको नेपाल प्रज्ञालङ्कार पदवीबाट सम्मानित गरिएको थियो । अस्वस्थताका कारण समारोहमा अनुपस्थित वाङलाई नगद पुरस्कार उनले उपलब्ध गराएको बैंक खातामा दाखिला गरिने छ भने सम्मानपत्र कुलपतिमार्फत वाङलाई हस्तान्तरण गरिने छ ।

    राष्ट्रपति भण्डारीले भारतको आसामका साहित्यकार लीलबहादुर क्षेत्रीलाई कुलपतिमार्फत भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार अर्पण गरिएको हो । क्षेत्री स्वास्थ्यका कारणले स्वयं उपस्थित हुन असमर्थ भएका कारण कुलपतिमार्फत उक्त पुरस्कार कअर्पण गरिएको हो । कुलपति उप्रेतीमार्फत परिस्थिति अनुकूल भएपछि क्षेत्रीलाई सम्मानपत्र हस्तान्तरण गरिने छ भने रु दुई लाख राशिको नगद पुरस्कार उनले उलब्ध गराएको बैंक खातामा दाखिला गरिने छ ।

    यसैगरी पूर्वघोषित नेपाल प्रज्ञा अनुवाद पुरस्कारबाट प्रसिद्ध अनुवादक कृष्णप्रकाश श्रेष्ठ (श्रेष्ठ कोभिड–१९ का कारण गत चैत १६ गते निधन भएकोले उनका भाइ साहित्यकार तेजप्रकाश श्रेष्ठ) लाई पुरस्कार प्रदान गरिएको थियो । राष्ट्रपतिद्वारा समारोहमा प्रा डा वीरेन्द्रप्रसाद मिश्र नेपाल प्रज्ञा सामाजिक शास्त्र/संस्कृति/दर्शनशास्त्र पुरस्कार, प्रा डा तेजरत्न कंसाकार नेपाल प्रज्ञा भाषा पुरस्कार र हरिहर खनाल नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कारद्वारा पुरस्कृत भएका हुन् । यी पुरस्कारको राशि रु दुई/दुई लाख रहेको छ । डा मिश्रले आफूले पाएको राशि प्रतिष्ठानमा दर्शनशास्त्र अध्ययन कोष स्थापनाका लागि फिर्ता गरेका छन् ।

    यसैगरी रविमान लम्जेललाई नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार (२०७८), पूर्णबहादुर वैद्य (पूर्ण वैद्य) लाई नेपाल प्रज्ञा मातृभाषा (नेपालभाषा) साहित्य पुरस्कार (हिमाली/पहाडी क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि–२०७७), इन्द्रबहादुर गुरुङलाई नेपाल प्रज्ञा मातृभाषा (गुरुङ भाषा) साहित्य पुरस्कार (हिमाली/पहाडी क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि–२०७८), चतुर्भुजलाल दास केवरत नेपाल प्रज्ञा मातृभाषा (केवरत भाषा) साहित्य पुरस्कार (तराई/मधेश क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि–२०७७) र हंसावती कुर्मीलाई नेपाल प्रज्ञा मातृभाषा (अवधि भाषा) साहित्य पुरस्कार (तराई/मधेश क्षेत्रमा बोलिने मातृभाषाका साहित्यतर्फ–२०७८) का लागि राष्ट्रपतिले पुरस्कृत गरिएको हो ।

    स्वास्थ्य समस्याका कारण रविमान लम्जेल समारोहमा उपस्थित भएका थिएनन् । यी प्रज्ञा पुरस्कारको राशि रु. एक/एक लाख रहेको छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै