Sunday, October 13, 2024
थप

    बिरामी आमाको छोरो

    –शेखरकुमार श्रेष्ठ

    आमा तिमी बिरामी
    हुँदा पो म जन्मेको रहेछु ।
    म गर्भमा रहँदा
    तिमी बिरामी हुन थालेकी रे
    म गर्भबाट प्रसून हुने प्रयास गर्दा
    तिमी अस्पतालको बेडमा थियौ रे
    म सुन्दर संसार चियाउन चाहन्थेँ
    तिमीचाहिँ जीवन र मृत्युको दोसाँधमा
    छट्पटिँदै थियौ रे ।
    तिमी चिच्याउँदै थियौ रे
    तिम्रा हातका मुठी कसिएका
    आँखाबाट आँसु झरेका
    गाला राता र पिरा भएका
    घरि एक डल्लो बन्ने

    घरि जिउ तन्काउने गर्दै थियौ रे
    तिमी कहिले लामो सास फेथ्र्यौ रे
    कहिले छिटो फेथ्र्यौ रे
    तिमी त सास फेरेको थाहा नै नपाउने
    बेहोस भएका थियौ रे
    आमा तिमी बिरामी छँदा पो
    म जन्मिएको रहेछु ।

    साँच्चै आमा
    आफू बिरामी भई
    मलाई किन जन्म दिएको ?
    बिरामी हुँदा पनि
    के आशा लागेको ?
    कतै तिम्रो वंशाणुगत गुण त
    आज ममा सरेन
    स्वच्छ मूलबाट स्वच्छ पानी निस्कन्छ
    स्वस्थ मूलबाट स्वस्थ बिहानी निस्कन्छ
    स्वस्थ र स्वच्छ रातबाट
    स्वस्थ र स्वच्छ बिहानी हुन्छ
    बिरामीबाट त बिरामी नै त जन्मन्छ
    सायद म जन्मँदा तिमी
    बिरामी भएर नै होला
    म बिरामी भएको ।
    हिजो मात्र मैले कागज हेरेँ
    म जन्मँदाको
    तिमी अस्पतालमा भर्ना भएको
    प्रमाण पाएँ
    हो,
    त्यही प्रमाणले भन्छ, आमा
    तिमी बिरामी थियौ
    तिमीले मलाई जन्माउँदा
    बिरामी भएकै कारण
    म जस्तो बिरामी सन्तान जन्मायौ ।
    तर खेद छैन
    म निको हुने प्रयास गर्छु
    म तिमीलाई स्वस्थ बनाउँछु
    अनि मेरा सन्तानले जन्माउने सन्तान जन्मँदा
    आमाहरु स्वस्थ हुने छन्
    बच्चा पनि स्वस्थ जन्मने छन् ।

    ***

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै