Home समाचार मुख्य समाचार देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण लिने, आजै सानो आकारको मन्त्रीमण्डल गठन हुने

देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण लिने, आजै सानो आकारको मन्त्रीमण्डल गठन हुने

0
देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण लिने, आजै सानो आकारको मन्त्रीमण्डल गठन हुने

असार २९, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् ।
सर्वोच्च अदालतको परमादेशको आधारमा आज शेरबहादुर देउवा प्रधानमन्त्री हुने भएका हुन् । राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ । शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालयका एक अधिकारीले जानकारी दिएका छन् ।

सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चले मंगलबार पाँच बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेको थियो । देउवा यसअघि पनि चार पटकसम्म प्रधानमन्त्री बनिसकेका छन् । प्रधानमन्त्रीको रुपमा उनको यो पाँचौ इनिङ हो ।

देउवाले आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् । त्यसका लागि देउवा आन्तरिक परामर्शमा व्यस्त रहेको उनको सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here