Saturday, May 18, 2024
थप

    युनियन लाइफ इन्स्युरेन्समा कति पर्यो आवेदन ? सेयर पाउने भाग्यमानी कति ?

    असार ३९, काठमाडौँ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) ले रेकर्ड ब्रेक गरेको छ । कम्पनीको आईपीओमा हालसम्म कै उच्च आवेदन परेको हो ।

    निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार अन्तिन दिन हिजो (असार २८ गते, सोमबार) ५ बजेसम्ममा २१ लाख ७२ हजार ८ सय ६८ जना आवेदकबाट ३ करोड ४३ लाख ६१ हजार ८ सय २० कित्ताको लागि आवेदन परेको हो । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ५.९१ गुणा बढी आवेदन हो । अहिलेसम्मको तथ्यांक हेर्दा भाग्यमानी ५ लाख ८० हजार ५ सय जना आवेदकले १० कित्ता सेयर हात पार्नेछन् । बाँकी आवेदकको भने हात खाली हुनेछ ।

    कम्पनीले असार २४ गते, बिहीबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै