Sunday, October 13, 2024
थप

    ‘ख्वपको पहिचान–भाग २’ पुस्तक सार्वजनिक

    असार २८, काठमाडौँ । भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रमको सन्दर्भ सामग्रीका रुपमा ‘ख्वपको पहिचान–भाग २’ पुस्तक आज अनलाइनमार्फत सार्वजनिक गरेको छ ।

    पुस्तकमा विभिन्न व्यक्तित्वको जीवनीसहित २४ वटा लेख समावेश गरिएको छ । पुस्तकमा छापिएका विभिन्न व्यक्तित्वका जीवनी तथा अन्य लेखहरुले भक्तपुरको समग्र इतिहासको उत्खनन र अभिलेखकीकरण गरेको स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेँले बताए । उनले विश्व मानव सभ्यतामा भक्तपुरको इतिहास, कला र सभ्यताका विभिन्न आयामबारे थप अध्ययन–अनुसन्धानमा पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

    पुस्तकको विमोचन गर्दै नेपाल मजदूर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले पुस्तकमा समेटिएका विभिन्न व्यक्तित्वको जीवनी अध्ययनले मानिस आफ्नो परिवारका लागिमात्र काम गर्ने नभई समाज र देशका निम्ति निःस्वार्थ भावनाले काम गर्नुपर्ने प्रेरणा दिने बताए। सुवालले पुस्तकले नयाँ पुस्तालाई समाज, देश र जनताका लागि बाँच्ने प्रेरणा दिने बताए।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रकाशनमा ल्याएको ख्वपको पहिचान भक्तपुरको विषयमा जान्न चाहने सबैका निम्ति उपयोगी पुस्तकका रुपमा रहने विश्वास व्यक्त गरे ।

    पुस्तकका भाषा सम्पादक ज्ञानसागर प्रजापतिले प्रकाशित पुस्तकले शिक्षकलाई सिर्जनशील बनाउन मद्दत पुर्याउने बताए । स्थानीय पाठ्यक्रम कार्यदलका सदस्य प्रा सिद्धिरत्न शाक्यले शिक्षकको मागअनुरुप सन्दर्भ सामग्री तयार भएको र पुस्तकको पाठनपाठनबाट पहिलेभन्दा शिक्षा स्तरीय हुने विश्वास लिएको बताए । उनले प्रकाशित पुस्तक शिक्षक तथा विद्यार्थीलाई मात्र नभई भक्तपुरबारे अनुसन्धान गर्न चाहने सबैका लागि महत्वपूर्ण पुस्तकका रुपमा रहेको चर्चा गरे ।

    शान्ति निकेतन माविका प्रधानाध्यापक महेन्द्रगोपाल कर्माचार्यले केन्द्रीकृत पाठ्यक्रमले विद्यार्थीलाई स्थानीय विषयवस्तुबारे वञ्चित गरेको बताउँदै स्थानीय पाठ्यक्रमको महत्वमाथि प्रस्ट पारे । उनले स्थानीय पाठ्यक्रमको मर्मअनुसार विद्यार्थीलाई पठनपाठन गर्ने जिम्मेवार निकाय शिक्षक भएको उल्लेख गर्दै स्थानीय पाठ्यक्रमको सफल कार्यान्वयनमा ख्वपको पहिचान सन्दर्भ सामग्रीले महत्वपूर्ण भूमिका खेल्ने बताए।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै