Sunday, December 8, 2024
थप

    वैद्यनाथ श्रमजीवीका १० झरहरु

    झरना- दस झर

    १        बस्न दिदैन घाउमा खाटाहरू

    निष्ठुरी छन् जीवनका बाटाहरू ।।

    २        महलको भोक टार्न झुपडी भोकै छ

    धनीलाई खुसी पार्न गरिबहरू रोकै छ ।।

    ३        लासहरु भेटिदैछन् मान्छेका पाखामा

    राहत किन देखिदैन सरकारको आँखामा ।।

    ४        सिन्को पनि न भाँच्ने कै छ राज यहाँ

    भ्रष्टाचारी कै टाउकोमा छ ताज यहाँ ।।

    ५        झुठो आश्वासनको पछि दौडाउँछ राजले

    अन्धविश्वास मान्न बाध्य पार्छ समाजले ।।

    ६        सबैतिर शुद्धताको अडान छ

    मिसाउनेहरूबाट देश हैरान छ ।।

    ७        प्रकृतिको प्रकोप सहनै पर्छ

    वर्षा याममा सचेत रहनै पर्छ ।।

    ८        बाढीले घरबार बगायो

    खोइ कसले सरकालाई जगायो ।।

    ९        सामन्तहरू सबै बाङ्गो छन्

    गरिबहरू सबै नाङ्गो छन् ।।

    १०       शोषकहरूको ठूलो जाल छ

    गरिब भोकै रित्तो थाल छ ।।

    वैद्यनाथ श्रमजीवी, वीरगन्ज

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै