Monday, September 9, 2024
थप

    कविताः मेरो संघर्ष

    धरधर रोएको छ आत्मा सुनिदिने कोही छ ?
    टुक्रा टुक्रा भाथ्यो मुटु उनिदिने कोही छ ?
    जेलको कैदी बन्दीको बरू फुकुवा होला
    मलाइ स्पष्टीकरण केरकार नगर्ने कोही छ ?

    यो जीवनमा प्राण रहुन्जेल साथ दिनेछु
    मलाइ पर्दा बुझिदने थामिदिने कोही छ ?
    विघ्नबाधा आइलाग्छ एकपछि अर्को
    धन्न नानी तिमी रैछ्यौ भनिदिने कोही छ ?

    दुख पर्दा आशुले परेली नाघेर खस्दा
    सँगै रुने या मेरो आशु पुच्छने कोही छ ?
    मेरा चाल ढाललाई बेला बेला नतौलिइ
    आफ्नो धर्म निभाएको देखिदिने कोही छ ?

    सानैबाट कत्रो कत्रो भवसागर गर्नुपर्यो
    आउ सगैँ तरी पारी जाऔँ भन्ने कोही छ ?
    तातो बगर बगर सधैँ एक्लै हिँड्दा दुखे होला
    हजार पटक तलार्इ कस्तो छ भन्ने कोही छ ?

    – सीमा थापा ‘सीमाना’
    कपन काठमाडौं

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै