Friday, April 12, 2024
थप

    मंगलबार पनि एमाले विवाद मिलाउन गठित कार्यदलको बैठक बस्दै

    असार २२, काठमाडौं । नेकपा (एमाले) को एकता जोगाउन गठन भएको कार्दलको बैठक आज (मंगलबार) पनि बस्ने भएको छ ।

    दिउँसो १ बजे सिंहदरबारमा बैठक बस्ने भएको छ । कार्यदलका एक सदस्य एमाले सचिव गोकर्ण विष्टले उक्त बैठक बस्ने जानकारी गराएका हुन् ।

    एमाले विवाद चर्किँदै गएपछि निस्क्रिय भएको कार्यदल सोमबारदेखि पुनः ब्युँतिएको हो । कार्यदलले सोमबारदेखि औपचारिकरुपमै एमालेभित्रका समस्या समाधानका लागि काम गर्न थालेको छ ।

    सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा कार्यदलको बैठक बसेको थियो । बैठकमा अहिलेसम्म भएका छलफलको पुनरावलोकन भएको नेताहरुले बताएका छन् ।

    कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक छन् भने सदस्यहरुमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् भने सदस्यहरुमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै