Home खेलकुद ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश

ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश

0
ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश

असार २२, काठमाडौं । साविक विजेता ब्राजिल घरेलु मैदानमा भइरहेको ४७औं संस्करणको कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई १–० ले पराजित गर्दै ब्राजिल फाइनलमा प्रवेश गरेको हो ।

निल्टन सान्तोस मैदानमा भएको खेलमा ब्राजिलका लागि लुकास पाक्वेटाले पहिलो हाफमा गोल गरे । उनले ३४औं मिनेटमा नेमारको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यही गोल नै ब्राजिललाई फाइनल पुर्‍याउन निर्णायक बन्यो ।

समूह चरणमा भेट हुँदा ब्राजिलले पेरुलाई ४–० ले पराजित गरेको थियो । सन् २०१९ मा ब्राजिलमै भएको पछिल्लो संस्करणमा ब्राजिलले पेरुलाई नै हराएर उपाधि जितेको थियो ।

ब्राजिलले अब यस पटक उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । ९ पटक उपाधि जितेको ब्राजिलले यसअघि घरेलु मैदानमा आयोजना भएको ५ वटै कोपा अमेरिकाको उपाधि जितेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here