Monday, September 9, 2024
थप

    आजबाट माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन, ७६ मेघावाट बिजुली थपिँदै

    असार २१, काठमाडौँ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट सोमबार परीक्षणको रुपमा ७६ मेघावाट बिजुली उत्पादन हुँदै छ ।

    भर्चुअल माध्यामबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अपराह्न ४ बजे माथिल्लो तामाकोशी आयोजना उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    कूल ४५६ मेगावाट क्षमताको सो आयोजनालाई ६ वटा युनिटमा बाँडेर उत्पादन भइरहेको छ । पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन हुन लागेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । असार मसान्तभित्रै आयोजनाको दोस्रो युनिटबाट थप ७६ मेगावाट बिजुली उत्पादन गर्ने तयारी गरिएको न्यौपानेले जानकारी दिए ।

    माथिल्लो तामाकोशीमा ७६–७६ मेगावाटका ६ वटा युनिट छन् । भदौ महिनाभित्रै सबै युनिटबाट पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने लक्ष्य रहेको प्रवक्ता न्यौपानेले बताए ।

    माथिल्लो तामाकोशीको विद्युत् गृहबाट आएको २२० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिम्तीमा रहेको सवस्टेशनमा जोडिएको छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै