Home समाचार मुख्य समाचार साउन ८ भित्र २४ लाख २५ हजार डोज खोप आइपुग्छः ‘नन डिस्क्लोजेवल एग्रिमेन्ट’ भएको छ अरू भन्न मिल्दैन

साउन ८ भित्र २४ लाख २५ हजार डोज खोप आइपुग्छः ‘नन डिस्क्लोजेवल एग्रिमेन्ट’ भएको छ अरू भन्न मिल्दैन

0
साउन ८ भित्र २४ लाख २५ हजार डोज खोप आइपुग्छः ‘नन डिस्क्लोजेवल एग्रिमेन्ट’ भएको छ अरू भन्न मिल्दैन

असार २१, काठमाडौँ । नेपाल सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको सवा २४ लाख डोज भेरोसेल खोप आगामी तीन साताभित्रै गरी सम्झौता गरेको छ । उक्त सम्झौता भएको खेपको पहिलो पटक असार २५ गते काठमाडौँ आइपुग्ने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप खरिदबारे सिनोफार्मसँग असार १८ मा सम्झौता भइसकेको बताएको थियो ।

तर ‘नन डिस्क्लोजेबल एग्रिमेन्ट’ भएको भन्दै थप विवरण खुलाउन मानेको छैन । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले आइतबार खोप आपूर्तिका लागि हुने तीन वटा फ्लाइटको तालिका नै सार्वजनिक गरेका छन् ।

जसका अनुसार खोप आपूर्तिका लागि असार २४ गते गएर २५ गते फर्किनेछ। यस्तै असार ३१ गते उड्ने विमान साउन १ गते खोप लिएर फर्किनेछ । तेस्रो तथा अन्तिम खेप लिन साउन ७ गते गएको विमान भोलि ८ गते फर्किनेछ ।

स्रोतकाअनुसार एक पटकमा नेपाल एयरलाइन्सको बिमानले ८ लाख ९ हजार ६०० डोज खोप ल्याउनेछ । यसअनुसार तीन फ्लाइटमा सवा २४ लाख अर्थात २४ लाख २८ हजार ८०० डोज खोप काठमाडौं आइपुग्नेछ ।
बाँकी १५ लाख ७१ हजार २०० डोज खोप लिन थप दुई फ्लाइट हुनेछ । त्यसको लागि फ्लाइटको मिति तय भएको छैन ।

प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईले भने, ‘४० लाख खोप खरिदको सम्झौता भएको हो, सबै खोप छिट्टै आइसक्छ ।’ दुई सरकारबीच ‘नन डिस्क्लोजेवल एग्रिमेन्ट’ भएकाले थप बताउन नमिल्ने भट्टराईले बताए ।

मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले भने २४ गतेदेखि खोप आउने बाहेक अरु जानकारी नभएको बताए । पौडेलले भने, ‘कति परिमाणमा खोप आउँछ ? कति मूल्यमा आउँछ ? भन्ने जानकारी मन्त्रालयलाई छैन ।’ पौडेलले थपे, ‘असार २४ देखि पटक–पटक गरेर खोप आउने भन्ने जानकारी मात्रै मन्त्रालयलाई छ ।’

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डाक्टर तारानाथ पोखरेलका अनुसार कोभ्याक्समार्फत बढीमा १५ लाख डोज खोप पाउने अपेक्षा नेपालले हालसम्म चीनबाट अनुदानमा १८ लाख, भारतबाट अनुदानमा ११ लाख, खरिद प्रक्रियाबाट १० लाख र कोभ्याक्स कार्यक्रम मार्फत ३ लाख ४८ हजार गरी कुल ४२ लाख ८ हजार डोज प्राप्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here