Sunday, October 13, 2024
थप

    विदेशमा ताेकेअनुसारको काम नपाएपछि ‘एजेन्ट’ को हत्याः यसरी बनाए हत्याको योजना

    असार १९, काठमाडौँ । नेपालमा ताेके अनुसारको काम विदेशमा नपाएपछि बाबुले एजेन्टको हत्या गरे । कपिलवस्तु कृष्णनगर नगरपालिका–१० का ५५ वर्षीय पारस पुरीलाई गोली हानी हत्या गरेको आरोपमा विजयनगर गाउँपालिका–१ का ५० वर्षीय पशुपति कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई कपिलवस्तु नगरपालिका—१० नेपाल–भारत सिमाबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।

    हत्या कहिले भएको थियो ?

    पशुपति कुर्मीले पारस पुरीलाई २०७५ साल चैत १७ गते राति साढे ९ बजे हत्या गरिएको थियो। हत्यागरेपछि कुर्मी भागीभागी हिडेका थिए ।

    किन गरियो हत्या ?

    पशुपति कुर्मीले छोरालाई बहराइन पठाउन भनेर भनेर पारस पुरीले १ लाख १५ हजार रूपैयाँ दिए। पुरीले पनि भनेजस्तो काम पाउने भन्दै पैसा लिए । बहराइनमा छोराले काम गरेको कम्पनीले नेपालमा भनेबमोजिमको तलब र काम नपाएपछि पशुपति कुर्मीले पारस पुरीसँग पैसा फिर्ता माग्न थाले। पटक–पटक पैसा नपाएपछि उनलाई कुर्मीले मार्ने योजना बनाए।

    योजना कसरी बनाइयो त ?

    हत्याको योजना कुर्मीसहित ३ जना मिलेर भारतको सिद्धार्थनगरको ढकारी ग्राममा बनाए । योजना बनाएको दिन बेलुका तिनै जना मोटरसाइकलमा पुरीको घर पुगेका थिए। उनीसँग वादविवाद गर्दै पैसा फिर्ता मागेका थिए। तर, पुरीले पैसा नदिएपछि कटुवा पेस्तोलबाट गोली हानी हत्या गरेको भण्डारीले बताए।

    भाग्न कसरी सफल भए ?

    कुर्मीलाई गोली हानी हत्या भएपछि कुर्मीका छिमेकी लगायत टोलमा हल्लाखल्ला भयो । टोलका मानिसहरु कुर्मीको घरतर्फ आउन थाले । कुर्मीको घरतर्फ गाउँले आउँदै गरेपछि हत्याराहरुले विस्फोटक पदार्थ पड्काएर बाटो अवरोध गरे त्यसपछि मोटरसाइकल चढेर भागेको भण्डारीले बताए।

    घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको उनले बताए। कुर्मीलाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको भण्डारीले बताए।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै