असार १८, काठमाडौँ । युरोकप २०२० को क्वाटरफाइनल चरणका खेलहरू आजदेखि सुरु हुँदैछन् । आजदेखि सुरु भएको क्वाटरफाइनलको खेलमा स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटलीबीच प्रतिस्पर्धा हुँदैछ ।
पहिलो खेल
पहिलो खेल स्वीट्जरल्याण्ड र स्पेनबिच नेपाली समय अनुसार राती ९ः४५ बजे हुँदैछ । यो खलमा भिड्दै गरेको स्वीट्जरल्याण्ड क्वाटरफाइनलमा पहिलो पटक पुग्ने टिम हो भने स्पेन यस खेलमा सर्वाधिक विजेता रहेको छ । यो खेल रुसको सेन्ट पिटर्सवर्गमा हुनेछ ।
स्वीट्टजरल्याण्डले साविक उपविजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको थियो । यसैगरी अर्को टिम स्पेनले अतिरिक्त समयमा क्रोएसियालाई ५–३ ले पराजित गरेको थियो ।
दोस्रो खेल
दोस्रो खेल बेल्जियम र इटली नेपाली समयअनुसार रातीको १२ः४५ बजे हुँदैछ । यो खेल जर्मनीको म्युनिकमा हुनेछ ।
यी दुवै टोटीले १० खेल जितेका थिए । यी दुवै टोली सत प्रतिशत विजेता रहेका छन् । यो खेल एकदमै प्रतिस्पर्धी भएकोले रोमाञ्चक बन्ने अपेक्षा छ । यी दुई टोलीबाट हार्ने टोली युरोकपबाट बाहिरिनेछ । बेल्जियमले साविक विजेता पोर्चुगललाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।
इटली लगातार ३१ खेलमा अपराजित छ । पछिल्लो खेलमा अष्ट्रियाविरुद्ध गोल खानुअघि इटलीले लगातार ११ खेलमा क्लिनसिट राखेको थियो । समूह चरणमा कुनै गोल नखाई ३ खेल जितेको इटलीले अन्तिम १६ मा अष्ट्रियालाई अतिरिक्त समयमा २–१ ले पराजित गरेको थियो । सन् १९६८ को विजेता इटली सन् २००० र २०१२ मा उपविजेता बनेको थियो । पाँच वर्षअघि फ्रान्समा भएको युरो कपमा इटली क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।
बाँकी दुई क्वाटरफाइनल खेल शुक्रबार हुनेछ । जसमा चेक रिपब्लिक र डेनमार्क तथा युक्रेन र इंग्ल्याण्ड भिड्नेछन् ।