Home समाचार मुख्य समाचार शनिवारसम्म भारी वर्षा हुने, नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन सरकारको अनुरोध (मौसम पूर्वानुमान महाशाखाको बुलेटिनसहित)

शनिवारसम्म भारी वर्षा हुने, नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन सरकारको अनुरोध (मौसम पूर्वानुमान महाशाखाको बुलेटिनसहित)

0
शनिवारसम्म भारी वर्षा हुने, नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन सरकारको अनुरोध (मौसम पूर्वानुमान महाशाखाको बुलेटिनसहित)

असार १७, काठमाडौँ । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले भारी वर्षा भइरहेको छ । प्रदेश १, २, बागमती र गण्डकीमा बुधबार रातिदेखि वर्षा सुरु भएको हो । केही ठाउँमा भारी वर्षा भएको छ भने धेरै ठाउँमा सामान्यदेखि भारी वर्षा भएको छ ।

कुनै स्थानमा सामान्य र धेरै स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा शनिबारसम्म लगातार भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने केही कम पानी पर्ने महाशाखाद्वारा जारी सूचनामा उल्लेख छ । पश्चिमी क्षेत्रमा पानी कम परे पनि मौसम भने देशैभर पूर्ण रुपमा बदली भएको महाशाखाले जनाएको छ ।

धेरै वर्षा हुने क्षेत्रमा बिहीबार, शुक्रबार र शनिबार चट्याङ पर्ने सम्भावना पनि रहेकोले सतर्क रहन आग्रह गरिएको छ । यी क्षेत्रमा भारी वर्षाका नदीको सतह बढ्ने, बाढीपहिरो आउनसक्ने सम्भावनासमेत रहेको भन्दै महाशाखाले सचेत गराएको छ ।

मौसम विश्लेषण (Meteorological Analysis)

देशभर मनसुनी  वायुको  सक्रिय प्रभाव रहेको छ । हाल देशको तराई भू-भाग नजिक  मनसुनी न्युन चापिय रेखा (monsoon trough) रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status)

हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षा भई एक/दुई स्थानमा मेघगर्जन/ चट्याङ्ग सहित भारी वर्षा  भईरहेको छ। बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान                       

२०७८ असार १७ गते (बिहीबार)

दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षा तथा थोरै स्थानहरुमा  धेरै  भारी वर्षाको सम्भावना रहेको छ  ।

रातीदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षा तथा थोरै स्थानहरुमा  धेरै  भारी वर्षाको सम्भावना रहेको छ  ।

२०७८ असार १८ गते (शुक्रबार)

दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी  प्रदेश र गण्डकी प्रदेशका  केही स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित  भारी/ धेरै  भारी वर्षाको सम्भावना रहेको छ  ।

रातीदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी  प्रदेश र गण्डकी प्रदेशका  केही स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित भारी/ धेरै  भारी वर्षाको सम्भावना रहेको छ  ।

२०७८ असार १९ गते (शनिबार)

दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी  प्रदेश र गण्डकी प्रदेशका  थोरै स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित  भारी/ धेरै  भारी वर्षाको सम्भावना रहेको छ  ।

रातीदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी  प्रदेश र गण्डकी प्रदेशका  थोरै स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित भारी/ धेरै  भारी वर्षाको सम्भावना रहेको छ  ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी  प्रदेश र गण्डकी प्रदेशका  केही स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित भारी/ धेरै  भारी वर्षाको सम्भावना रहेकोले र उक्त प्रदेशहरुको पहाडी भू-भागमा भु-क्षय, पहिरो तथा गेग्रान  बहाव (debris flow) को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन  सबैमा अनुरोध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here