Sunday, October 13, 2024
थप

    शर्मिला श्रेष्ठका १० झर(झरना)

    धन्य छिन् प्रकृति

    धरोहर समृध्दि ।

    टुलुटुलु हेर्दैछ आकाश

    संस्कार हराएको आभास ।

    फैलिनु हुन्न भ्रष्टाचार

    किन अन्धा छ सरकार ।

    कोपिलामै नओेईलाउन्

    आरक्षण दिई बचाउन् ।

    आउँदैछ सुनको बिहानी

    छिट्टै त्याग्नु पर्छ है सिरानी ।

    कुरामा हुनु पर्छ झुकाव

    मान्नु है! अग्रजका सुझाव ।

    नझुकुन् कहिल्यै यो शिर

    हल्का नलिम् कुरो गम्भिर ।

    रोईरहन्छ किन मन

    खोजेको हो कि आफ्नोपन ।

    चढ्दैछ विस्तारै जवानी

    सुरक्षित राख्नु परानी ।

    १०

    धन हुँदैमा कोही ठूलो हुँदैन

    कुकर्मले कमाए पाप धुँदैन ।

    – शर्मिला श्रेष्ठ ललितपुर

    हाल परदेश

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै