Saturday, May 18, 2024
थप

    राउटे युवतीहरुमाथि यौन दुर्व्यवहार गरेका तीनजना कारागार चलान

    असार १६, सुर्खेत । जिल्ला अदालत सुर्खेतले राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।

    बुधबार न्यायाधीश डिलप्रकाश सापकोटाको एकल इजलासले राउटे युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका गुर्भाकोट नगरपालिका–९ का दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

    अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलका अनुसार उनीहरुविरुद्ध मानव ओसारपसार, यौन दुर्व्यवहार र जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो । गत जेठ २१ गते राति उनीहरुले १९ र २३ वर्षीया राउटे युवतीलाई यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि २३ गते प्रहरीले पक्राउ गरेको थियो ।

    फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदाय यसअघि सुर्खेत र दैलेखका विभिन्न स्थानमा बस्दै आएका थिए । यो घटना हुँदा उनीहरू गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदीको किनारामा बस्दै आएका थिए । हाल उनीहरू त्यो ठाउँबाट सल्यान बसाइँ सरेका छन् ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै