Friday, April 12, 2024
थप

    पछिल्लो २४ घन्टामा २ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

    असार १५, काठमाडौँ । नेपालभर पछिल्लो २४ घण्टामा २ हजार ६ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ५९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ७ सय २८ र ४ हजार ४ सय ८९ जनाको एन्टिजेन परीक्षणमा ९ सय ८ गरी २ हजार ६ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

    नेपाल अधिराज्यभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ हजार ३ सय ४८ जना रहेको छ । त्यस्तै कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ ।

    हाल देशमा सक्रिय संक्रमितको संख्या ३५ हजार ३ सय १० जना रहेको छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै