Monday, September 9, 2024
थप

    रामचन्द्रलाई शेखरको प्रस्तावः प्रधानमन्त्री तपाईँ बन्नुस्, सभापति मलाई दिनुस्

    असार १४, काठमाडौँ । कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य रहेका डा. शेखर कोइरालाले आफूलाई सभपतिमा समर्थन मागेर पौडेललाई प्रधानमन्त्रीमा समर्थन गर्ने वचन दिएका छन् । सोमबार पौडेललाई भेट्न उनकै निवास बोहराटार पुगेका कोइरालाले पौडेललाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको स्रोतले जनाएको छ ।

    नाम नबताउने सर्तमा पौडेल निकट एक नेताले भने, ‘उहाँहरु दुवै जना सभापतिको आकांक्षी हुनुहुन्छ, दुवैले एकअर्कालाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।’ उनले थपे, ‘रामचन्द्र दाइले एकपटक कांग्रेसको सभापति बन्ने इच्छा छ, यो पटक मलाई सहयोग गर्नुस् भनेर शेखरसँग आग्रह गर्नुभयो तर शेखरले तपाईं प्रधानमन्त्री बन्नुस्, म सभापति बन्छु भन्नुभयो ।’

    वरिष्ठ नेता पौडेलले लामो राजनीतिक यात्रामा सधैं निष्ठापूर्वक काम गरेको भन्दै एकपटक सभापति बन्ने इच्छा रहेको बताएका थिए । तर कोइरालाले आफूले १३ औं महाधिवेशन लगत्तै सभापतिमा उम्मेदवारी दिने तयारी गरिसकेकाले पछाडि फर्कन नसक्ने जवाफ दिएका थिए ।

    कोइरालाले पौडेललाई भनेका छन्, ‘तपाईंहरुको उमेर, अनुभव र निष्ठाको राजनीतिका कारण प्रधानमन्त्री बनेर देशको राजनीतिलाई ट्र्याकमा लाउनुस् । तपाईंलाई आउने आम निर्वाचनमा पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बनाएर अगाडि बढाउन तयार छु ।’

    कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै नेतृत्वका आकांक्षीहरुको भेटघाट बाक्लिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्वमा दोहोरिने बताइसकेका छन् भने संस्थापन समूहमै रहेका उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

    संस्थापन इतर समूहबाट पनि वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला, सुजाता कोइराला र कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका छन् ।
    आकांक्षी धेरै भएकाले सहमतिमै नेतृत्व चयन गर्न नेताहरुबीच अनौपचारिक छलफलले तीव्रता पाएको हो । सोमबार दिउँसो केन्द्रीय सदस्य सुजाता कोइराला निवासमा वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितको लञ्च मिटिङ भएको थियो ।

    उक्त बैठकमा क्रियाशील सदस्यताको विषयमा कुराकानी भएको ती नेता निकट स्रोतले बताएको छ । कांग्रेसमा अहिले आठ लाख भन्दा बढी क्रियाशील सदस्यतामाथि छानबिन भइरहेको छ । कांग्रेसमा प्रारम्भिक मतदाता मानिने क्रियाशील सदस्यप्रति सबैको चासो छ ।

    संस्थापनइतर समूहले क्रियाशील सदस्यतामाथि परेका उजुरीको निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिंदै आएको छ । कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी कार्यतालिका अनुमोदन भइसकेको छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै