Home समाचार मुख्य समाचार खोटाङमा छोराले खुकुरी प्रहार गरी बाबुको हत्या, हत्या गरेर फरार रहेका प्रहरीकाे नियन्त्रणमा

खोटाङमा छोराले खुकुरी प्रहार गरी बाबुको हत्या, हत्या गरेर फरार रहेका प्रहरीकाे नियन्त्रणमा

0
खोटाङमा छोराले खुकुरी प्रहार गरी बाबुको हत्या, हत्या गरेर फरार रहेका प्रहरीकाे नियन्त्रणमा

असार १३, खोटाङ । खोटाङमा एक पुरुषले आफ्नै बाबुलाई खुकुरी प्रहार गरी हत्या गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा बेँसीटोलका सुवर्ण राईले आफ्नै बुबाको खुकुरी प्रहार गरी हत्या गरेका हुन ।

मृतकका ३७ वर्षीय छोरा सुवर्णले आइतबार ७५ वर्षीय बुबा चन्द्रबहादुर राईको गर्धनलगायत शरीरका अन्य भागमा खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्य भएको हो ।

आफूले प्रहार गरेको खुकुरीले बुबाको मृत्यु भएपछि फरार भएका सुवर्णलाई सोल्माकै अल्छेढुङ्गाबाट प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले जानकारी दिए। अनुसन्धान भइरहेकोले घटनाको कारण खुल्न बाँकी रहेको प्रहरी जानकारी दिएको छ ।
सुवर्ण यसअघि सुन र नगद लुटपाट, हत्या जस्ता अपराधिक कार्य गरेर २० वर्षको कैद भुक्तानी गरेर फर्केका थिए ।

आफ्नै छोराको खुकुरी प्रहारबाट ज्यान गुमाएका मृतक चन्द्रबहादुरको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल पुर्याइएको प्रहरीले जनाएको छ । बुबाको हत्या गर्ने सुवर्ण चन्द्रबहादुरका एक्ला छोरा भएको स्थानीय बासिन्दाले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here