असार १३, काठमाडौँ । पछिल्लो २४ घण्टामा १ हजार ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार विभिन्न जिल्लामा गरिएको ६ हजार पीसीआर परीक्षणमा १ हजार ३५३ जनामा र ३ हजार ८ सय ३६ एन्टिजेन परीक्षणमा ५ सय ६७ जनामा गरी कुल १ हजार ९ सय २० जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ३४ जनाको मृत्यु भएको छ ।