Home कला-साहित्य बैरागी काइँलाको स्वास्थ्य अवस्था सुधारोन्मुख, रक्तचाप उच्च भएकोले समस्या आएको होः अस्पताल प्रशासन

बैरागी काइँलाको स्वास्थ्य अवस्था सुधारोन्मुख, रक्तचाप उच्च भएकोले समस्या आएको होः अस्पताल प्रशासन

0
बैरागी काइँलाको स्वास्थ्य अवस्था सुधारोन्मुख, रक्तचाप उच्च भएकोले समस्या आएको होः अस्पताल प्रशासन

असार १२, काठमाडौं । मस्तिष्कघात भएर अस्पताल भर्ना भएका साहित्यकार कवि बैरागी काइँला (तिलविक्रम नेम्बाङ) को स्वास्थ्य सुधारोन्मुख अवस्थामा छ ।

अस्पतालका जनसम्पर्क अधिकृत डा. डाक्टर ले भने, ‘साहित्यकार काइँलाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । होश आइसकेको छ, त्‍यसैले आइसीयूमा राखेर के भएको हो भन्ने पत्ता लगाउँदैछौं ।’

अस्पतालका जनसम्पर्क अधिकृत डा. विनोद अधिकारीका अनुसार प्रारम्भिक रिपोर्टले प्रेसर बढेर समस्या भएको देखाएको छ ।

डा. विश्वनाथ कोइराला, न्युरो डाक्टर कृष्ण ढुंगानालगायतको टोलीले काइँलाको उपचार गरिरहेको जनसम्पर्क अधिकृत अधिकारीले बताए ।

बिहीबार राति ११ बजे घरमै बसिरहेको बेला चक्कर लागेर लड्न पुगेका काइँलालाई ओम अस्पताल ल्याइएको थियो । ८२ वर्षीय काइँलालाई प्रेसर र नाकको रक्तश्राव समस्या रहेको छोरी नामओति नेम्बाङले बताएकी छिन् ।

थोरै कविता लेखर स्थापित नाम बनाएका काइँलाका लिम्बू संस्कृतिसम्बन्धी एक दर्जन अनुसन्धानमुलक पुस्तक प्रकाशित छन् । लोकतन्त्र घोषणापछि गठित नेपाल प्रज्ञा प्रतिष्ठानमा उनी कुलपतिको जिम्मेवारीमा थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here