Monday, September 9, 2024
थप

    न म पार्टीको समापति भएको छु, न प्रधानमन्त्रीः एकपटक पार्टीको सभापति हुन मन छ – रामचन्द्र पौडेल

    असार ११, काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक आफूलाई सभापति भएर पार्टीको नेतृत्व गर्ने इच्छा भएको र आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

    शुक्रबार आफू आफूनिकट केन्द्रीय सदस्यहरुको बैठकमा एकपटकका लागि सभापतिमा सहयोग गर्न पौडेलले आग्रह गरेका हुन् ।

    पौडेलले बैठकमा भने, ‘एकपटकका लागि कांग्रेसको नेतृत्व गर्ने इच्छा छ, त्यसका लागि तपाईहरुले मलाई सहयोग गर्नुपर्‍यो ।’ उनले थपे, ‘मलाई शेरबहादुरजीसँग दाँजेर हेर्नु भएन । मैले न पार्टीको नेतृत्व गर्न पाएको छु, न सरकारको ।’
    कांग्रेसभित्र सभापति देउवा र वरिष्ठ नेता पौडेलले नेतृत्वबाट अवकास लिनुपर्ने कतिपय नेताहरुले धारणा राख्दै आएका छन् ।

    पौडेलले आफूलाई देउवासँग नदाज्न आग्रह गर्दै आफू नेतृत्वका लागि टेष्ट नभइसकेका जीकिर गरे ।
    १४ औं महाधिवेशन नजिकिएसँग नेतृत्वका दौडधुप सुरु भएको हो । कांग्रेस सभापति देउवा र उपसभापति विमलेन्द्र निधिले तयारी तीव्र पारेपछि बरिष्ठ नेता पौडेलले भने सक्रियता बढाएका हुन् ।

    उनले आफूनिकट केन्द्रीय सदस्यहरुसँग सभापतिमा सहयोग गर्न आग्रह गरेका हुन् । तर संस्थापनइतर समूहबाट आधा दर्जन बढिले नेतृत्वका लागि दावी गरे ।

    कांग्रेस महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला, सुजाता कोइराला, अर्जुननर सिंह केसी, डा रामशरण महत र कल्याण गुरुङले नेतृत्वमा दाबी गरे ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै