Home समाचार मुख्य समाचार खोटाङका कुन स्थानीय तहको बजेट आकार कत्रो ? कुन पालिकाले केलाई प्राथमिकता दिए ?

खोटाङका कुन स्थानीय तहको बजेट आकार कत्रो ? कुन पालिकाले केलाई प्राथमिकता दिए ?

0
खोटाङका कुन स्थानीय तहको बजेट आकार कत्रो ? कुन पालिकाले केलाई प्राथमिकता दिए ?

असार ११, काठमाडौँ । खोटाङ जिल्लामा रहेको १० स्थानीय तहमध्ये ८ वटा स्थानीय तहले बिहीबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका बराहपोखरी र केपिलासगढी गाउँपालिकाबाहेक अन्य सबै स्थानीय तहले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
कुन नगरपालिकाको बजेटको आकार कस्तो छ त ?

रुपाकोट मझुवागढी नगरपालिका

  • रु. ८५ करोड आठ लाख ६२ हजारको बजेट प्रस्तुत
  • आन्तरिक आय रु. एक करोड पाँच लाख रहने अनुमान
  • शैक्षिक गुणस्तर सुधारका लागि रु. ३० करोड ४३ लाख
  • स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याई स्वास्थ्य सेवाको स्तरोन्नति गर्न स्वास्थ्य तथा पोषण क्षेत्रमा रु. छ करोड २६ लाख

हलेसी तुवाचुङ नगरपालिका

रु. ५८ करोड १६ लाख २८ हजार ४५० बजेट प्रस्तुत

  • स्थानीय सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने
  • नगरपालिकाबाट प्रकाशन हुने विज्ञापन प्रकाशनमा नगरपालिका वा जिल्लाकै विज्ञापन एजेन्सीलाई प्राथमिकता दिने
  • नगरपालिकाबाट पत्रकारिता वा अन्य विषयमा विद्यावारिधि गर्ने छात्र/छात्रालाई छात्रवृत्ति प्रदान गर्ने
  • पत्रकार महासङ्घ खोटाङ शाखासँगको समन्वयमा पत्रकारिता तालिम सञ्चालन गर्ने

दिप्रुङ चुइचुम्मा गाउँपालिका

  • रु. ६२ करोड २८ लाख ३७ हजार ५९० बजेट प्रस्तुत
  • आर्थिक विकास तर्फ ९%,
  • पूर्वाधार तर्फ २६%,
  • सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ १०%
  • सामाजिक विकास तर्फ ५५%

जन्तेढुङ्गा गाउँपालिका

  • रु. ३९ करोड ९९ लाख ९३ हजार २७० बजेट प्रस्तुत

खोटेहाङ गाउँपालिका

  • रु. ५१ करोड ६६ लाख ३२ हजार १२० बजेट प्रस्तुत

रावाबेँसी गाउँपालिका

  • रु. ३६ करोड ४५ लाख ३५ हजार बजेट प्रस्तुत

ऐँसेलुखर्क गाउँपालिका

  • रु. ४० करोड ३९ लाख ८५ हजार ९६० बजेट प्रस्तुत

साकेला गाउँपालिका

  • रु. ३२ करोड २३ लाख ९० हजार ४३० बजेट प्रस्तुत
  • बिहीबार सम्पन्न नगर तथा गाउँसभामध्ये साकेला गाउँपालिकामा आयोजना गरिएको गाउँसभा गाउँपालिका उपप्रमुख सरिता खड्कासहित दुई वडाध्यक्ष र तीन कार्यपालिका सदस्यले बहिष्कार
  • बहिष्कार गरे पनि गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले कार्यपालिकाको बहुमत सदस्यको हस्ताक्षरसहित बिहीबार प्रस्तुत गरिएका नीति तथा कार्यक्रम पारित

बराहपोखरी गाउँपालिका

  • गाउँसभा कहिले गर्ने मिति अहिलेसम्म टुङ्गो लागेको छैन
  • रु. ३४ करोड बराबरको बजेट प्रस्तुत गर्ने तयारी गरेको थियो तर बिहीबार प्राविधिक कारण देखाउँदै गाउँसभा रोकेको

केपिलासगढी गाउँपालिका

  • असार १४ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सूचनामार्फत जानकारी,
  • गाउँपालिकाका केही जनप्रतिनिधिमा कोरोना देखिएकाले बिहीबार गर्नुपर्ने गाउँसभा १४ गतेलाई सारिएको जानकारी,

बिहीबार गाउँसभा सम्पन्न गर्ने गाउँपालिकाहरुले कृषि, पर्यटन र रोजगारमूलक कार्यक्रमलाई पहिलो प्राथमिकता दिएर नीति तथा कार्यक्रम बनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here