Monday, September 9, 2024
थप

    सरकारका अलोकतान्त्रिक कार्यको विरोध गर्दै पाँच विद्यार्थी संगठननले आन्दोलनको घोषणा गर्यो

    असार १०, काठमाडौँ । सरकारले अलोकतान्त्रिक काम गर्दै महँगी, भ्रष्टचार जस्ता गतिविधिलाई प्र्रश्रय दिएकाके भन्दै विपक्षी गठबन्धनमा आवद्ध दलका निकट विद्यार्थी संगठनहरुले विहीबार सरकारविरुद्ध प्रदर्शन गर्ने घोषणा गरेका छन् ।
    संयुक्त आन्दोलन गर्नेमा नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले रहेका छन् । उनीहरुले बिहीबार दिउँसो ३ बजे काठमाडौंको भृकुटीमण्डपमा भेला भएर संयुक्त विरोध प्रदर्शन गर्न लागेका हुन् ।
    सरकारले कोरोना कहरको मारमा परेका जनतालाई राहत दिनुको सट्टा कुशासन, महँगी र भ्रष्टाचार थोपरिरहेकाले विरोध प्रदर्शनमा उत्रिन लागेको विद्यार्थी संगठनका नेताहरुको भनाइ छ ।
    सरकारले अलोकतान्त्रिक, असंवैधानिक र जनविरोधी हर्कत जारी राखेकाले भौतिक दुरी कायम गरी विरोध प्रदर्शन गर्न लागिएको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै