Monday, September 9, 2024
थप

    दक्षिणकाली नगरपालीकामा बाख्रापालन पकेट कार्यक्रम सञ्चालन

    सञ्चार हाउस, काठमाडौं

    काठमाडौं जिल्लाको दक्षिणी भेगको दक्षिणकाली नगरपालीकामा प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्तरगत ब्यवसायिक बाख्रापालन पकेट कार्यक्रम सञ्चालन गरिएको छ । यस कार्यक्रमको लागि दक्षिणकाली नगरपालीकाको पशु सेवा शाखाबाट विनियोजीत रु पन्ध्र लाख र कृषक सहभागीताबाट पन्ध्र लाख गरी रु तीस लाखको कार्यक्रम तय गरिएको छ ।

    यस परियोजनाको सफल सञ्चालन गर्न दक्षिणकाली बाख्रा पकेट सञ्चालन समन्वय समित गठन गरी श्री चुनदेवी बहुउद्देशीय सहकारी संस्थाले सहजीकरण गरिरहेको छ । कुल २६ जना कृषकहरु सहभागी रहेको यस परियोजनामा सुधारिएको बाख्रा खोर निर्माण सहित प्रत्येक कृषकलाई 50% बयर पाठी – १, उन्नत जातको जमुनापारी/खरी  पाठी – १ र जमुनापारी/खरी ब्याड बोका – १ हस्तान्तरण  गरिएको छ ।

    नगरपालिका सहायक लेखापाल श्री रामशरण भण्डारी, पशु सेवा शाखा प्रमूख श्री सुशिला गैरे तथा प्रमूख प्रशासकिय अधिकृत श्री तुलसी प्रसाद श्रेष्ठको उपस्थितीमा कृषकहरुलाई बाख्रा/बोका वितरण गरिएको थियो ।

    परियोजनाको २ वर्ष सम्म अनुगमन गरिने र कृषकहरुलाई तालिम तथा औषधी र भिटामिन पनि वितरण गरिने कार्यक्रम रहेको शाखा प्रमुख सुशिला गैरेले बताउनु भयो ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै