Home समाचार मुख्य समाचार नारायणी नदीले खतराको सीमा नाघ्योः ब्यारेजका सबै ढोका खोलियो

नारायणी नदीले खतराको सीमा नाघ्योः ब्यारेजका सबै ढोका खोलियो

0
नारायणी नदीले खतराको सीमा नाघ्योः ब्यारेजका सबै ढोका खोलियो

असार १, पूर्वीनवलपरासी । लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको सतहले खतराको सीमा पार गरिसकेको छ । देवघाट जलमापन केन्द्रका अनुसार मंगलबार अपरान्ह ४ बजेपछि पानीको सतह ८ दशमलब २६ मिटरभन्दा माथि पुगेको छ । नारायणी नदीमा पानीको सतह ८ मिटर भन्दामाथि गएपछि खतराको संकेत गर्दछ ।
जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी आनन्द शर्माले नारायणी नदी आसपासका बासिन्दालाई सतर्क अपनाउन प्रशासनले अनुरोध गरेको सूचना जारी गरेको छ । आसपासका सूरक्षा निकायलाई सर्तक अवस्थामा राखिएको छ । त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको छ । लगातारको वर्षातको पानी र खोलाको बाढीले नारायणीमा पानीको सतह बढ्दै गएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here