असार १, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४ सय ४९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६ सय ८१ र ५ हजार ८ सय ४१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ६४ जना गरी कुल २ हजार ७ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४१ जनाको मृत्यु भएको छ । संक्रमणमुक्त हुनेको संख्या ४ हजार १ सय ८७ रहेको छ ।