Monday, September 9, 2024
थप

    मुस्ताङको लुप्रा खोलामा लेदोसहितको बाढी आयो, १५ घर स्थानीयबासी उच्च खोजिममा

    असार १, मुस्ताङ । मुस्ताङको लुप्रा खोलमा लेदोसहितको बाढी आएको छ । उक्त बाढीका कारण १५ घर स्थानीय बासी उच्च जोखिममा परेका छन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा खोलामा बाढी आएको हो । सोमबार दिउँसो आएको लेदोसहितको बाढीले खोला किनारी क्षेत्रका १५ घर उच्च जोखिममा परेका हुन् ।
    लुप्रा गाउँका सबै घर जोखिममा परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । सोमबार दिउँसो लुप्रा खोलामा एक्कासी लेदोसहितको बाढी आएको गाउँपालिका प्रमुख फेञ्चोक छेप्तेन गुरुङले जानकारी दिए ।
    गाउँपालिका प्रमुख गुरुङले भने, ‘माथितिर जमेर बसेको हिउँ हुन्छ । त्यही हिउँ पग्लने र एकैचोटी ठूलो पानी पर्दा बाढी आएको हो ।’ अहिले पनि उक्त क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ ।
    खोलामा बाढी आएको जानकारीपछि जिल्लाका सुरक्षा निकायबाट उक्त क्षेत्रको अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले हिमताल फुटेकोबारे जानकारी नभए पनि हिमपहिरोको सम्भावना भएको बताइन् ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै