जेठ ३१, काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले खानेपानी वितरणको तालिकामा परिवर्तन गरेको छ । मेलम्ची खानेपानी आयोजनाको मर्मत संभार गर्न सुरुङ खाली गर्नुपर्ने भएकोले मेलम्ची खानेपानी आयोजनाले दैनिक १७ करोड लिटरका दरले आउँदै गरेको पानी २ महिना नआउने भएकोले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पानी दिने समय बढाएर तालिका सार्वजनिक गरेको हो ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले सूचना प्रकाशन गरेर उपभोक्तालाई जानकारी गराएको छ ।
मेलम्ची आयोजनाका अनुसार मर्मत संहारको लागि २ महिना लाग्ने अनुमान गरिएको छ । बदलिएको खानेपानीको तालिका मेलम्चीको मर्मत नसकिएसम्मको लागि लागू हुने लिमिटेडले जनाएको छ ।
नयाँ तालिका अनुसार थोरैमा ४ दिनमा एकपटक र बढीमा १२ दिन बिराएर पानी वितरण गरिने छ । केयूकेएलले सोमबार जारी गरेको विज्ञप्ति अनुसार महाँकाल, मीनभवन, ठिमी स्टेसनबाट वितरण हुने पानी ७ दिन बिराएर वितरण हुनेछ ।
बालाजु स्टेसनबाट वितरण हुने पानी ९ दिन बिराएर आउनेछ भने सैबु ललितपुरबाट वितरण हुने पानी १२ दिन बिराएर आउने भएको छ । सबैभन्दा कम भक्तपुर स्टेसन भएर वितरण हुने पानी भने ४ दिन बिराएर दिइने केयुकेएलले जनाएको छ ।
सूचना
