जेठ ३०, चीन । चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास बिस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु भएको छ । शियान नगरको झाङवानको आवासीय क्षेत्रमा बिहान ६ः३० बजे उक्त बिस्फोट भएको थियो । उक्त घटनामा हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
उक्त विष्फोटमा खोज तथा उद्धार अधिकारीहरुले दिउँसो १२ बजेसम्ममा बिस्फोट स्थलमा भेटिएका १५० जनाको उद्धार गरी स्थानीय अस्पतालहरुमा भर्ना गरिएको बताएका छन् ।
स्थानीय अधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल रहेको छ ।
खोज तथा उद्धार कार्य जारी रहेकाले उक्त घटनामा के कति व्यक्ति हताहत भए भन्ने एकिन भइ नसकेको पनि अधिकारीहरुले बताएका छन् ।