गजल

0
गजल

पहाड रोयो तराई रोयो, यहाँ यस्तै छ ।
नेताको मन कहाँ छोयो ?, यहाँ यस्तै छ ।।

पेट कटाई सङ्कलित, रकमलाई खाई,
सुनपानीले हात धोयो, यहाँ यस्तै छ ।।

अभिनय गर्न जान्छन्, नेताहरू विदेश,
फोटो खिचो भाइरल भयो, यहाँ यस्तै छ ।।

छिमेकलाई ताला चाबि, गल्ति बाँकी छैन,
परिणाममा सखाब हो यो, यहाँ यस्तै छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here