Monday, April 15, 2024
थप

    दाङमा कुलोको विषयमा विवाद चल्दा गोली छुट्यो

    जेठ २८, दाङ । दाङको तुल्सीपुरमा कुलोको विषयलाई लिएर विवाद भएपछि गोली चलेको छ । विवाद चलिहरेको अवस्थामा एक युवकले गोली चलाएका छन् ।
    गोली चलाएको आरोपमा तुल्सीपुर उपमहानगरपालिका–८ का पूर्णबहादुर वली पक्राउ परेका इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकारी दिए ।
    प्रहरीले उनीसँग भएको पेस्तोल र ६ राउन्ड गोली पनि बरामद गरेको छ । वलीले चलाएको गोलीले कसैलाई नलागेकोले मानवीय क्षति भएको छैन । उनले कसलाई लक्षित गरेर गोली चलाएका हुन् भन्ने विषयमा प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै