Friday, April 12, 2024
थप

    राउटे घटनाः अखिल नेपाल महिला सङ्घले दोषीलाई कारबाहीको माग गर्यो

    जेठ २७, काठमाडौँ । अखिल नेपाल महिला सङ्घले सुर्खेत जिल्लामा राउटे युवतीमाथि भएको यौन अपराधका घटनामा संलग्नलाई युवकहरुलाई कारबाही गर्न माग गरेको छ । अखिल नेपाल महिला संघले दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिलाउन सरकारसमक्ष माग गरेको छ । सङ्घका सहसंयोजक थममाया थापाले आज विज्ञप्ति जारी गर्दै नेपाल अन्तरराष्ट्रिय मानवाधिकार र महिला अधिकारसम्बन्धी महासन्धिको पक्ष राष्ट्रसमेत भएकाले लोपोन्मुख समुदायको मानवाधिकारको रक्षा गर्नुपर्ने माग गरेको छ ।
    ‘यो समुदायका नागरिकहरुलाई सुरक्षित स्थानमा व्यवस्थित बसोबास गराई संरक्षण दिनसमेत नेपाल सरकारको सम्बन्धित निकायलाई अखिल नेपाल महिला संघ हार्दिक अनुरोध गर्दछ’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै