Home अर्थबजार वागमती प्रदेशसभा सदस्यको पहलमा सिभिल अस्पताललाई एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

वागमती प्रदेशसभा सदस्यको पहलमा सिभिल अस्पताललाई एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

0
वागमती प्रदेशसभा सदस्यको पहलमा सिभिल अस्पताललाई एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

जेठ २७, काठमाडाैँ । वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा मीनभवनस्थित सिभिल अस्पताललाई रु. एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । च्वाइस ह्युमानिटेरियन सामाजिक संस्थाको सहयोगमा भेन्टिलेटर, अक्सिजन सिलिण्डर, पिपीइ, पञ्जा, अक्सिमिटर, फेस सिल्ड, इमरजेन्सी ट्रेलरलगायत रु. एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
अक्सिजन प्लान्ट स्थापना गर्न मद्दत मिल्ने गरी वाग्मती सरकारले दिएको रु. दुई करोडले अपुग भएपछि रु. एक करोड १८ लाख बराबरको सामग्री सहयोग जुटाएर हस्तान्तरण गरिएको वाग्मती प्रदेशसभा सदस्य श्रेष्ठले जानकारी दिए।
नयाँ भेरियन्टरसहितको दोस्रो चरणको कोरोना फैलिएपछि खरिद प्रक्रिया पनि पूरा गर्न नपाएकाले स्वास्थ्य सामग्रीको अभाव भएको थियो । यस्तो अभावको समयमा सामग्री पाउँदा स्वास्थ्य सेवा दिन सहज भएको उनको भनाइ थियो । कोरोनाको तेस्रो चरणको लहर पनि आउने अनुमान रहेकोले त्यही अनुसार उक्त तयारीमा अस्पताल लागेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here