जेठ २६, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन भदौमा हुने बताएका छन् । देउवाले प्रेस विज्ञप्तिमार्फत भदौमा कांग्रेसको १४ औँ महाधिवेशन हुने जानकारी गराएका हुन् ।
उनले पार्टीको महाधिवेशनलाई प्राविधिक वा प्रशासनिक विषयमात्र नभएर महत्वपूर्ण राजनीतिक अभियान भएको स्पष्ट पारेका छन् ।
देउवाले बुधबार दुई पानाको विज्ञप्ति जारी गर्दै कसैले महाधिवेशन गराउन नचाहेको र कसैले चाहेको देखाउने गरी आएका अभिव्यक्ति किमार्थ उचित नभएको उल्लेख गर्दै महाधिवेशन पार्टीको जिवन्तताका लागि महायज्ञ भएको प्रष्ट पारेका छन् ।
प्रस विज्ञप्ति