Friday, April 12, 2024
थप

    पछिल्लो २४ घन्टामा देशभर थप ४ हजार ३४४ जनामा कोरोना पुष्टि, ५ हजार ७६८ संक्रमणमुक्त

    जेठ २६, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा बुधबार गरिएको १२ हजार ७४ पीसीआर परीक्षणमा ३ हजार ४४९ जनामा कोरोना पुष्टि भएको हो ।
    यसैगरी, ४ हजार ५६६ एन्टिजेन परीक्षणमा ८९५ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
    यसैगरी, २४ घण्टामा ५ हजार ७६८ कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा थप ८१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाउन पुगेका छन् ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै