Tuesday, February 11, 2025
थप

    पछिल्लो २४ घन्टामा थप ४,४७२ जनामा संक्रमण, ६,९५१ जना संक्रमणमुक्त

    जेठ, २४, काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणमा ३ हजार ३ सय ७० र ५ हजार ९ सय ०१ एन्टिजेन परीक्षणमा १ हजार १ सय २ गरी कुल १७ हजार ९ सय ३ परीक्षणमा ४ हजार ४ सय ७२ जनामा संक्रमण पुष्टि भएको हो ।
    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार ९ सय ५१ रहेको छ भने ९२ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ७९०, सुनसरीमा २११, ललितपुरमा १९०, मोरङमा १७५, सिन्धुपाल्चोकमा १६२, काभ्रेपलाञ्चोकमा १३६, भक्तपुरमा १३५, चितवनमा १३१, कास्कीमा १३०, गोरखामा १२९, धनुषामा ११५ र सुर्खेतमा १०३, रुपन्देहीमा ८०, रोल्पामा ७५, नुवाकोटमा ७१,पाल्पामा ७०, नवलपरासी पूर्वमा ५७, धादिङमा ५३, मकवानपुरमा ४४, दाङमा ४१, महोत्तरीमा ३९, कञ्चनपुरमा ३२, झापामा ३१, संखुवासभामा २७, तेह्रथुम र लमजुङमा २६/२६, दैलेखमा २३, कपिलवस्तुमा २१, स्याङ्जामा १९, सिन्धुलीमा १६, कैलाली र डोटीमा १५/१५ जना, धनकुटा र तनहुँमा १४/१४ जना, रौतहट र सप्तरीमा १३र१३ जना, जुम्लामा १२, उदयपुर, पर्सा र सिरहामा १०/१० जना, गुल्मीमा ९, अर्घाखाँची र नवलपरासीमा ८/८ जना, रसुवा र बर्दियामा ६र६ जना, बारा, पर्वत र प्‍युठानमा ५/५ जना, सल्यानमा ४, खोटाङ, पाँचथर, भोजपुर र बाँकेमा ३/३ जना, ताप्लेजुङ, सोलुखुम्बु र दोलखामा २/२ जना तथा ओखलढुंगा, म्‍याग्दी, जाजरकोट, मुगु र बैतडीमा १/१ जनामा कोरोनजा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै