Saturday, May 18, 2024
थप

    थप २४ घन्टामा देशभर ८ हजार २४३ जना संक्रमणमुक्त, ६८ जनाको ज्यान गयो

    सञ्चार हाउस, २२ जेठ, काठमाडौँ । २४ घण्टामा देशभर ८ हजार २४३ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् भने ६८ जनाको मृत्यु भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४७१ नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ५४० र ५ हजार ३४३ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ५०२ जनामा कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख ९८ हजार २०४ पुगेको छ । जसमध्ये ४ लाख ८४ हजार ३७३ जना निको भएका छन् भने ९२ हजार ९२८ जना सक्रिय संक्रमित छन् ।
    मन्त्रालयका अनुसार हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ८६ हजार २६८ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा रहेका ६ हजार ६६० जना संक्रमितमध्ये १ हजार ४५१ जनाको आईसीयूमा र ३८४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै