गजल

0
गजल

यहाँ, पत्थरमा दिल राखेर मुस्कुराउनु पर्छ

उनले बिहेको कार्ड दिदै भनिन् आउनु पर्छ ।

जति गर्नुस्, धन्यबाद सिवाय केही आउँदैन

आफ्ना रहरहरु बलिदान दिएर बचाउनु पर्छ ।

नदीको किनारमा बसेर, पानीसँग प्रेम गर्नु

अब बगरमा बसेर‌ यस्तै कहानी सुनाउनु पर्छ ।

यस्तो पनि समय आउछ अनिदोले सताउँछ

कुनै प्रियसीको यादमा हर रात कटाउनु पर्छ ।

रमेश बलामी (मनु)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here