Saturday, May 18, 2024
थप

    सांसद प्रयाेग गर्ने कारले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

    सञ्चार हाउस, जेठ २१, विराटनगर । प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्ने गरेको कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
    बिहीबार बेलुका साढे ७ बजे तिर विराटनगरस्थित एयरपोर्ट रोडमा कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो । कार सांसदका छोरा रोबिन कार्कीले चलाएका थिए ।
    कारको ठक्करबाट पैदलयात्री ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते उनको कोसी अस्पताल पुर्याएको केही क्षणमा चिकिस्कले मृत घोषित गरेका थिए ।
    कारको ठक्करबाट मोरङको कटहरी गाँउपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका छन् । उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक र घाइते विराटनगर–४ स्थित न्यु एभरेष्ट फर्निचर उद्योगमा काम गर्छन् ।
    रोबिन कार्कीसहितका युवाहरु कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिँदै आएका छन् । शव व्यवस्थापनमा जाँदा युवाहरुले सोही गाडी प्रयोग गर्थे । तर बिहीबार रोबिन संक्रमितको शव व्यवस्थापनमा गर्न गएनन् । रोबिन नगएपछि राम नेपालसहितका युवाहरु संक्रमितको शव बोक्ने गाडीमै गएका थिए ।
    ‘गाडीमा अरु दुई जना युवती पनि थिए, एक प्रत्यक्षदर्शीकाे भनाइ अनुसार, ‘ हामी घाइतेको उद्धारतर्फ लाग्यौं उनीहरु गाडी छाडेर भागे ।’ दुर्घटनामा परेको कार क्षतिग्रस्त छ । दुर्घटनापछि फरार चालकको खोजी भइरहेको प्रहरीले बताएको छ । चालक को थिए भन्ने बारे मोरङ प्रहरीले औपचारिक जानकारी गराएको छैन ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै