Sunday, December 8, 2024
थप

    चाइनिज ताइपेईविरुद्ध नेपालको जित

    सञ्चार हाउस, २१ जेठ, काठमाडौं । विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको हिजो सम्पन्न खेलमा नेपालले चाइनिज ताइपेई विरुद्ध ०-२ ले जित हासिल गरेको छ ।

    समूह बी अन्तर्गत कुवेतको जाबेर अहमद इन्टरनेशनल स्टेडियममा भएको खेलमा नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । खेलको तेस्रो मिनेटमै प्राप्त पेनाल्टीमा अन्जनले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

    चाइनिज ताइपेईका खेलाडीले पेनाल्टी एरियामा बल ह्याण्ड गरेपछि नेपालले पेनाल्टीको माैका पायो र त्यसमा अन्जन विष्टले गोल हात पारे । यसअघि २०१९ मा भएको छनोटकै खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० ले हराउँदै अन्जनले नै दुवै गोल गरेका थिए ।

    दोस्रो हाफमा नेपालले पुनः एक गोल थप्न सफल भयो । सुनिल बलको स्थानमा दोस्रो हाफमा मैदान प्रवेश गरेका नवयुगले त्रिभुवन आर्मी फुटबल क्लबका टिममेट सुमन अर्यालको क्रसमा गोल गरे ।

    समूह बी मा दोस्रो जितपछि नेपालले ६ खेलबाट ६ अंक नै जोडेको छ । यसअघि पनि नेपालले चाइनिज ताइपेई विरुद्ध नै ३ अंक जोडेका थिए । नेपालले अब जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासंग खेल्नेछ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै