सञ्चार हाउस, धनुषा । सरकारले जनकपुर–जयनगर रेल शनिबारदेखि सञ्चालनमा ल्याउने गरी उद्घाटन हुने भएकाे छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यामबाट संयुक्त रुपमा रेलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
शनिबार उद्घाटन गर्ने रेलको सम्पूर्ण तयारी भइसकेको रेल्वे विभागका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।
जनकपुरधाम रेल्वे स्टेशनमा रेलको उद्घाटन हुनेछ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावाद हाउसबाट उद्घाटन गर्ने गर्ने कार्यक्रम रहेको छ ।
कस्तो परिचय पत्रधारीले यात्रा गर्न पाउँछन् ?
रेल्वेमा यात्रा गर्नको लागि नागरिकता, पासपोर्ट तथा मतदाता नामावली पत्र एक अनिवार्य गरिएको छ । १० देखि १८ वर्षसम्मका बालबालिकाको हकमा भने विद्यालयको परिचय पत्र बोक्नुपर्ने उनले बताए ।
कति दुरीमा चल्दै छ रेल ?
नेपालको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर रेल सञ्चालन हुन लागेको छ ।
दिनमा कति पटक चल्छ रेल ?
दैनिक दुई पटक रेल जयनगरबाट कुर्थासम्म सञ्चालन गरिने बताइएको छ ।
कति छ भाडा ?
नेपाली रेल सञ्चालन हुने भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ७ वटा स्टेशन रहेका छन् । जनकपुरधाम स्टेशनलाई केन्द्र मानेर रेल्वे विभागले भाडा निर्धारण गरेको छ ।
मूल्य सूची हेर्नुहाेस्ः
| क्र.सं. | स्टेशन/हल्ट | यात्रु भाडा दर (ने.रू.) | |
| सामान्य काेच | AC काेच | ||
| १. | कुर्था | २० | १०० |
| २. | परवाहा | २० | १०० |
| ३. | बैदेही | २५ | १२५ |
| ४. | मिहनाथपुर | ३५ | १७५ |
| ५. | खजुरी | ५५ | २७५ |
| ६. | इनवी | ६० | ३०० |
| ७. | जयनगर | ७० | ३५० |
