Home मनोरञ्जन चलचित्र/मोडल कलाकार जयनन्द लामाको असामयिक निधन : श्रद्धाञ्जलीका लागी पार्थिव शरीर भोलि नाचघरमा राखिने

कलाकार जयनन्द लामाको असामयिक निधन : श्रद्धाञ्जलीका लागी पार्थिव शरीर भोलि नाचघरमा राखिने

0
कलाकार जयनन्द लामाको असामयिक निधन : श्रद्धाञ्जलीका लागी पार्थिव शरीर भोलि नाचघरमा राखिने

अग्रज लोक गायक तथा कलाकार जयनन्द लामाको बुधबार बिहान ६६ वर्षको उमेरमा निधन भयो । भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१, कौशलटारस्थित आफ्नै घरअगाडि उनी मृत फेला परेका थिए । दूध पुर्‍याउन आउने व्यक्तिले उनलाई गाडीमा लडेको अवस्थामा देखेपछि परिवारलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार कलाकार लामा मंगलबार साँझ ७ बजे मिटिङमा सहभागी हुन भनि बौद्ध गएका थिए। उनी बिहान आफ्नै घर अगाडि मृत फेला परेका हुन्।

‘राति बौद्धबाट फर्किएका थिए। आफ्नै घर अगाडि कारबाट ओर्लदै गर्दा लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ’, महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डेले भने।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले कलाकार तथा लोकगायक जयनन्द लामाको निधनप्रति दु:ख व्यक्त गरेका छन्।

बुधबार राष्ट्रपति भण्डारीले ट्विट गर्दै गायक लामाको निधनले नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गरेकी छन्। लामाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरेकी छन्।

यस्तै प्रधानमन्त्री देउवाले पनि सामाजिक सञ्जालमार्फत् उनको निधनप्रति दुख व्यक्त गरेका हुन्।

‘कलाकार एवं लोकगायक जयनन्द लामाको असमायिक निधनबाट मुलुकले गितसंगीत, चलचित्र एवं हास्य क्षेत्रका  एक असल साधक गुमाएको छ,’ प्रधानमन्त्री देउवाले लेखेका छन्, ‘दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।’

श्रद्धाञ्जली अर्पण गर्न गायक तथा कलाकार जयनन्द लामाको शव भोलि राष्ट्रिय नाचघर जमलमा राखिने भएको छ।

कलाकार दिपाश्री निरौलाले फेसबुकमार्फत् श्रद्धाञ्जली अर्पण गर्न लामाको शवलाई राष्ट्रिय नाचघर जमल राखिने जानकारी दिएकी हुन्।

भोलि बिहान १० बजेदेखि श्रद्धाञ्जली दिइने उनले बताएकी छन्। निरौलाले गायक लामाको निधनप्रति शोक समेत व्यक्त गरेकी छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here