Home समाचार मुख्य समाचार पौडी खेल्ने क्रममा बाँकेमा डुबेर तीन युवाको मृत्यु

पौडी खेल्ने क्रममा बाँकेमा डुबेर तीन युवाको मृत्यु

0
पौडी खेल्ने क्रममा बाँकेमा डुबेर तीन युवाको मृत्यु

साउन ६, काठमाडौँ । पौडी खेल्ने क्रममा कोहलपुरमा तीन युवाको मृत्यु भएको छ । बाँकेको कोहलपुरमा रहेको डुडुवा खोला (बन्दा) मा डुबेर तीन युवाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका मुद्दा शाखाका इन्चार्ज होमप्रसाद चौधरीका अनुसार मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका –११, सदरलाइनका १८ वर्षीय रसिद जसगढ, १७ वर्षीय अरमान जसगढ र १८ वर्षीय आरिस जसगढ रहेका छन् । उनीहरुलाई कोहलपुर प्रहरीको टोलीले मृत अवस्थामा फेला पारेको चौधरीले बताए ।

प्रहरीले आवश्यक प्रक्रिया पुर्‍याएर तीनै जनाको शव पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज पठाएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here