Home समाचार मुख्य समाचार ओली सरकारका पालामा नियुक्ति पाएका ११ राजदूतको देउवा सरकारद्वारा नियुक्ति खारेज

ओली सरकारका पालामा नियुक्ति पाएका ११ राजदूतको देउवा सरकारद्वारा नियुक्ति खारेज

0
ओली सरकारका पालामा नियुक्ति पाएका ११ राजदूतको देउवा सरकारद्वारा नियुक्ति खारेज
sf7df8f}F, @( c;f/ M k|wfgdGqL z]/axfb'/ b]pjfsf] g]t[Tjsf] ;/sf/sf] d+unaf/ l;+xb/af/l:yt k|wfgdGqL sfof{nodf /flt a;]sf] klxnf] dlGqkl/ifb a}7ssf] lg0f{o ;'gfpg'x'Fb} g]kfn ;/sf/sf k|jQmf Pjd sfg'g, Gofo tyf ;+;bLo dfldnf dGqL 1fg]Gb|axfb'/ sfsL{ . tl:a/ M /Tg >]i7, /f;; .

साउन ४, काठमाडौँ । देउवा सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नियुक्त भएका विभिन्न ११ देशका राजदूत नियुक्ति खारेज गर्ने निर्णय गरेको छ।

ओली सरकारले जेठ १ मा यी देशमा राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो। आज बसेको मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग बोल्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले ११ राजदूत नियुक्ति खारेज गरिएको बताए।

प्रवक्ता कार्कीले भने, ‘११ जना राजदूतहरू नियुक्त भएका थिए, त्यो निर्णय खारेज गर्ने निर्णय भएको छ ।’
संसदीय प्रक्रियाविनै ती राजदूत नियुक्त गरिएको भन्दै सरकारले नियुक्ति खारेज गरेको छ।

अघिल्लो सरकारले गत जेठ १ गते रूस, अष्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, इजिष्ट, ब्राजिल, डेनमार्क, म्यानमार, अरेबिया, बहराइन, अष्ट्रियाका लागि राजदूत नियुक्त गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here